उद्घाटन खेलमा के भयाे ? « रिपोर्टर्स नेपाल

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को बिहिबार रातिबाट सुरु भएको छ । उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् सुरुआत गरेको छ ।
मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे ।
खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।
त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार १९, शुक्रबार १६:४१शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १२:३८स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी
खेलकुद२०८३ असार १९, शुक्रबार ११:५५स्विट्जरल्याण्ड अन्तिम १६ मा « रिपोर्टर्स नेपाल









