ललितपुर अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

ललितपुर – ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौं मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउने छन् ।
अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । वडा ११ ले १० लाख सहयोग गर्ने आयोजकले जनाएको छ । मंसिर १६ गतेसम्म चल्ने रात्रीकालिन प्रतियोगिता वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो









