यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

सिनियर राष्ट्रिय टोलीका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै एसिसी यु-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।प्रशिक्षक टमाटाले टोलीमा तीन परिवर्तन गरेका छन् ।
विश्वकप छनोट र एसिसी प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक टोलीमा छैनन् ।उनीहरुको स्थानमा गुल्सनसहित तिलकराज भण्डारी र ब्याटर विपिन रावल टोलीमा आएका छन् ।
तिलकले बागमती र विपिनले कर्णालीको सिनियर टोलीबाट खेलिसकेका छन् ।प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुने तालिका छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २५, सोमबार २१:२२सरकार पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २५, सोमबार १८:०२६ जना कमेडियनले ‘हाँस्छ अमेरिका’ टूरमा प्रस्तुति दिने
समाचार२०८२ कार्तिक २५, सोमबार १६:३०नयाँ मतदाता नामावली दर्ता गर्न देशभर युवाहरुको सहभागिता बढ्दै
समाचार२०८२ कार्तिक २५, सोमबार ०७:२५म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडकखण्डको स्तरोन्नति गर्ने काम सुरु







