भीम लिम्बूको ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’

गायक भीम लिम्बू सेनेहाङको ‘मिन्जिमा ए’ शीर्षकको पालाम केहीदिन अघि सार्वजनिक भएको छ। डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय गायक भीम लिम्बूले पालाम भने पहिलोपटक गाएका हुन् । लिम्बू समुदायको संस्कृति र पहिचान उजागर गर्ने पालाम र धाननाच गाउँघरबाट लोप भइरहेको अवस्थामा कलाकारहरु त्यसको संरक्षणमा लागेका छन् ।
यससँगै पछिल्लो समय युट्यु्बमा ब्रगेल्ती पालाम र ख्यालीका भिडियो हेर्न र सुन्न सकिन्छ । यसैबेला गायक भीम लिम्बूले ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’ शीर्षकको पालाम ल्याएका हुन् । सार्वजनिक पालाममा गायक भीम लिम्बूकै मेलोडी अर्थात लय रहेको छ भने शब्दरचना सुर्वण नेम्बाङले लेखेका हुन् । भीम लिम्बू र मनु नेम्बाङले स्वर दिएको ‘मिन्जिमा ए’मा एरेञ्ज अशोक लोहरुङ राईको रहेको छ ।
लोकेन साँवा लिम्बूले निर्देशन गरेको उक्त पालामको भिडियोमा रेखा फागो लिम्बू, मुन नाल्बो सुब्बा, रुकमान लिम्बूका अलावा विशाल सेनेहाङ, सैलेन्द्र नाल्बो, कृष्ण सेनेहाङ, नविन सेनेहाङ, खुसी थुलुङ, भीम लिम्बू, दीपा सुहाङ, मनु नेम्बाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
युवराज राईको छायाँकन र अनिल रानाको सम्पादन रहेको यस पालामलाई गायक भीम लिम्बूले आफ्नै अफिरियल युट्युब च्यानल ‘भीम लिम्बू’बाट सार्वजनिक गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









