लिगको पहिलो खेलमा पोखरा र झापाबीच १-१ गोलको बराबरी

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
दशरथ रंगशालामा भएको आजको पहिलो खेलमा १-० गोलले पछि परेको अवस्थामा सम्हालिदै झापाले अन्तिम समयमा गोल गर्न सफल भयो र खेल बराबरीमा सकियो । यो बराबरीसंगै दुबै टोलीले १-१ अङ्क बाँडेका छन् । पहिलो खेलमा एफसी चितवन विरुद्ध जित निकालेको र दोस्रो खेलमा ललितपुर एफसी विरुद्ध गोलरहित बराबरी खेलेको पोखराले आजको खेलसंगै पाँच अङ्क बनाएको छ ।
पहिलो खेलमा स्पोर्टिङ इलामसंग पराजय ब्यहोरेको झापाले भने आजको खेलसंगै महत्वपूर्ण एक अङ्क जोडेको छ । यसैगरी आजै दोस्रो खेलमा बलियो मानिएका धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल पनि बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा बराबरी खेल्दै दुबै टोलीले अङ्क बाँडेका छन् । धनगढीको दुई खेलमा ६ अंक रहँदा ललितपुरको समान दुई खेलमा ४ अंक रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४१‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’का रूपमा अनुबन्धित
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने








