सानेको टेलीसिरियल ‘सिन्दुर पोते’

काठमाडौँ । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।
सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ ।
सिरियलमा पुर्ण स्वायोगको पार्श्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन, कलर र लोगो, देव कुमार महर्जनको एक्सन, विशाल बराल र रतन नेपालीको सह निर्देशन, देवकुमार महर्जनको एक्सन र कृष्णबहादुर भट्टराई र काजल भुजेलको निर्माण छ । कृपा टिभिको युट्युब च्यानलबाट हरेक शनिबार बेलुका ५ बजे सार्वजनिक हुने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ६, बुधबार २२:०४स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता
खेलकुद२०८३ जेष्ठ ६, बुधबार २०:२६नेपालको उत्कृष्ट प्रदर्शनले आईसीसीको वरीयतामा सुधार
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु









