कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

ललितपुर- उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताउनुभयो । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उहाँको भनाइ थियो ।
“सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ”, उपसभामुख रानामगरले भन्नुभयो । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पु¥याउन सबैको साथ चाहिने बताउनुभयो । महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्छ भन्नुभयो ।
महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो । विसं २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध रहेका उहाँले बताउनुभयो । ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ६, बुधबार २२:०४स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता
खेलकुद२०८३ जेष्ठ ६, बुधबार २०:२६नेपालको उत्कृष्ट प्रदर्शनले आईसीसीको वरीयतामा सुधार
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु









