रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म ‘जवान’ र ‘पठान’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘एनिमल’ ले १० औं दिन भारतमा ३७ करोड भारू कमाएको छ। ‘जवान’ ले ३६ करोड ८५ लाख भारू कमाएको थियो भने ‘पठान’ ले २८ करोड ५ लाख भारू कमाएको थियो। ‘एनिमल’ ले विश्वभरबाट ६९७ करोड भारू कमाइ गरेको छ भने भारतमा ४३२ करोड २७ लाख भारू कमाइ गरेको छ।
‘एनिमल’ ले ५४ करोड ७५ लाख कमाउँदै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘जवान’ ले हिन्दी संस्करणमा पहिलो दिन ६५ करोड ५० लाख भारू कमाएको थियो भने ‘पठान’ ले ५५ करोड भारू कमाएको थियो।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








