‘सोन्या किड्स रनवे’ को पहिलो कार्यक्रम चितवनमा सम्पन्न

काठमाडौँ । सोन्या किड्स इभुलेशन चेन्जको पहिलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चितवनको भरतपुरमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा
स्प्रिङकल किड्स गार्डेनका १८ जना बालबालिका सहभागी भएका थिए। कार्यक्रम संचालन गर्नको लागि किड्स गार्डेनको मुख्य भूमिका रहेको थियो । भग लस्टको आयोजनामा सम्पन्न कार्यक्रममा १८ किड्स मोडलहरुले प्रस्तुति दिएका थिए ।
सोन्या गुरुङको कोरियोग्राफीमा ४ सिक्वेन्स, डान्स र ड्रामा थिममा क्याटवाकको माध्यमबाट बालबालिकाहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी भएर आफूले आफ्नो प्रस्तुति प्रस्तुत गर्न पाउँदा खुशी लागेको बालबालिकाहरूले बताएका छन् । साथै अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई सोही कार्यक्रममा सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
इभुलेशन चेन्जको मुख्य नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो बालबालिकाको प्रतिभालाई क्याटवाक मार्फत सबैको सामु प्रस्तुत गराउन स्प्रिङकल किड्स गार्डेनको प्रमुख भूमिका रहेको थियो । कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष – अप्रत्यक्ष रुपमा अभिभावकको ठूलो साथ र सहयोग रहेको र यस कार्यक्रम गर्नुको मुख्य उदेश्य बालबालिकाहरुको व्यक्तित्व विकासको लागि गरिएको कार्यक्रमकी आयोजक सोन्या गुरुङले बताइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








