‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा पुरा गर्यो प्रदर्शनको ६० औं दिन

काठमाडौँ । चलचित्र ‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा प्रदर्शनको ६० औं दिन पुरा गरेको छ। निर्देशक इयन स्कट क्लेमेन्टले निर्देशन गरेको चलचित्र निर्माण साठी औं दिन पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा वितरक कम्पनी बटरफ्लाई फिल्म्सका संचालक जेनिश पहारीले रन्जना सिनेप्लेक्सका शशांक महर्जन,चलचित्रका निर्देशक इयन स्कट क्लेमेन्ट,निर्माता सुरज मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए।
‘बासेन्जी’ चलचित्रमा भिडियो गेम–शैलीको सिनेमाटोग्राफी छ जसले प्रथम पुरुष दृष्टिकोण र तृतीय पुरुष दृष्टिकोणको अनुपम मेल गराएर प्रमुख पात्रको मानसिकतालाई उजागर गर्न खोजेको छ, र यसले सिनेमा निर्माणको अध्यायमा नयाँ पाना खोल्दै आगामी चलचित्रहरूमा नयाँ प्रयोग गर्ने चुनौतीहरू पनि थपेको छ । इयन स्कट क्लेमेन्ट अमेरिकी चलचित्र निर्देशक हुन् जसले मूलतः नेपाली चलचित्रको निर्माण गर्ने गरेका छन् ।
गौरीशङ्कर इन्टरटेनमेन्टका सुरज मैनाली र गौरव बस्नेतसँगको सहकार्यमा उनले यस अघि ‘म्याङ्गो पिकल’ नामक चलचित्र पनि निर्देशन गरेका थिए । उनी विभिन्न म्युजिक भिडियो तथा लघुचलचित्रमा आफ्नी पार्टनर तथा मोडल सिर्जना रेग्मीसँग सक्रिय निर्माणमा पनि संलग्न छन् । चलचित्रमा असिम निरौला, मिथिला शर्मा र सरिता गिरी,अंकित खड्काको शीर्ष भूमिकामा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
समाचार२०८३ श्रावण ९, शनिबार ०७:४७आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै









