कोखे आहालेको पहिरो नियन्त्रणको काम शुरु

गोरखा- आरुघाट सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–२ को कोखे आहालेस्थित जुगेपानीको पहिरो नियन्त्रण थालिएको छ । कोखे आहाले पहिरोले सवारी आवागमनमा बर्षेनी समस्या थपिएको थियो ।
भौगर्भिक अध्ययनपछि गत असोजबाट पहिरो नियन्त्रणको काम शुरु गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यलय अन्तर्गत डिभिजन तनहुँका डिभिजन प्रमुख पशुपति ज्ञवालीलले जानकारी दिनुभयो । हालसम्म करिव ४० प्रतिशत काम सम्पन्न भएको र आगामी वैशाखसम्म पहिरो नियन्त्रणको काम सक्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
तीन करोड ७२ लाख रुपैयाँको लागतमा पहिरो नियन्त्रणको काम शुरु भएको हो । उक्त क्षेत्रमा हल्का पानी परेपनि सवारी आउजाउमा समस्या हुँदै आएको थियो । दीर्घकालीनरुपमा पहिरो नियन्त्रणको प्रयास थालिएको हो । उक्त ठाउँमा २० वर्ष अघिबाट हिलो खस्न शुरु भएको हो ।
भिमसेन थापा, आरुघाट, धार्चे र चुमनुव्री गाउपालिका पुग्ने मुख्य सडक मार्गमा वर्सेनी वर्खाको वेला पहिरो खसेपछि सवारी आउजाउ प्रभावित बन्दै आएको थियो । सडक खुलेपछि माटोको हलचलले भाँसिदै गएको स्थानीय बताउछन् ।
यस क्षेत्रमा यसअघि पनि पटक-पटक भौगर्भविद आएर अध्ययन गरेका थिए । उक्त ठाउँमा बर्खामा हिलो र हिउँदमा घुलोले स्थानीयले सास्ती खेप्दै आएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १८:५५डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी









