कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी पुगेर शुभ साइत गरेको छ। कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। चलचित्र ‘खजुरे ब्रो’उनको कमब्याक चलचित्र हुनेछ।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ। चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ। अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए। चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार २०:२६राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal









