रजबासमा निः शुल्क स्वास्थ्य शिविर

धुलिखेल, २९ मङ्सिर । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो ।
शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटीरोग, आँखा परीक्षण तथा उपचार, दन्तरोग, इसिजी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवाको सुविधा दिएको थियो ।
आयोजकका अनुसार रजबास आसपासका नागरिकले प्रसूति तथा स्त्रीरोगका ५७, बालरोगका ४६, हाडजोर्नी तथा नशा रोगका एक सय ९५ जना, नाक, कान, घाँटी रोगका ५८ जना, आँखारोगका तीन सय ७४, दन्त रोगका ८१, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा एक सय ९६ र शल्यक्र्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । यसमा अर्थोपेडिकका बिरामी नौजना, नाक, कान घाँटीका बिरामी सात, सर्जरीका २२ गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकको स्वास्थ्योपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । रोशीका नागरिकको स्वास्थ्यमा ध्यान दिएर पाँच हजार आठ सय घरपरिवारमध्ये दुई हजार एक सय घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरेको र आगामी दिनमा त्यो सङ्ख्यालाई बढाउँदै लाने उनको भनाइ छ ।
ग्रामीण भेगका मानिसको स्वास्थ्योउपचारमा संलग्नता हुन पाएकामा खुसी लागेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका डा रोशन ओझाले बताए ।
स्वास्थ्योपचारका लागि टाढा पुग्नुपर्नेमा गाउँमा नै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकामा स्थानीय कुमार किङरिङ मगरले खुसी व्यक्त गरे। “यसबाट स्वास्थ्यलाभ त भयो नै, आर्थिक पनि बचेको छ”, उनले भने । ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाले गाउँका कुनाकन्दरामा रहेका नागरिकको स्वास्थ्योपचारमा पहुँच पुर्याउन गाउँको दूरदराजमा गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार ११:१८‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
सूचना-प्रविधि२०८३ असार १३, शनिबार ११:०३राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार
खेलकुद२०८३ असार १३, शनिबार ०९:१६विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा
समाचार२०८३ असार १३, शनिबार ०७:१९न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट








