उच्च तहमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : महामन्त्री थापा

पाल्पा- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च तहमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको छ । शनिबार पाल्पाको तानसेनमा कांग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्नुहुँदै महामन्त्री थापाले २०४६ सालपछि उच्च तहमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको बताउनु भयो ।
कांग्रेसमा भएका थोरै मानिसले गरेको अपराधको भारी आठ लाख नेता कार्यकर्ताले बोक्नुपर्ने अवस्था आएको भन्दै सबैले खराब प्रवृत्तिविरुद्ध बोल्न सक्नुपर्नेमा थापाले जोड दिनु भयो । विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनको कारणले नागरिकमा व्यापक असन्तुष्ट रहेको महामन्त्री थापाले भनाई थियो ।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली कांग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने महामन्त्री थापाले प्रष्ट पार्नुभयो । अन्य दललाई जस्तो कांग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने उहाँको जिकिर छ। अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि कांग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने बताउनुभएको छ।
सरकारमा कांग्रेस भए पनि अहिलेको सरकारले यो काम गर्यो भनेर भन्न सक्ने अवस्था भने नरहेको उहाँले बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक








