कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

काठमाडौं । साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन् । उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन् । यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम् गीति पुस्तक लोकार्पण गरे । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्रा.डा. माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर १५ वटा कृतिको एकसाथ बिमोचन गरेका हुन् ।
यसरी एकसाथ बिमोचन गरिएका पोखरेलका १५ वटा काब्य कृतिहरुमा शार्दूललालित्य, शब्दांश, शब्दतरंग, शब्दस्पर्श, अक्षराङ्कुर, भावमञ्जरी, सुन्दर देश नेपाल, सारंगीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जली र पाउँदीका गीत रहेका छन् । ढेड दशक यता तयारी गरिएको फरक फरक छन्द कविताहरु यी कृतिमा समावेश गरिएको छ ।
बिमोचन समारोहमा कवि पोखरेलको बारेमा साहित्यकार बलराम दाहालले प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अबकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको बताए । बिमोचन समारोहमा जगदीश्वरका १५ कृतिहरुको बारे प्राज्ञ नरनाथ लुईटेल, प्रा. डा. जीवन अधिकारी, हरि खनाल, र पुरुषोत्तम सिग्देलले समीक्षा गर्दै हरेक कृतिको विशेषताबारे पनि प्रकाश पारे । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा. डा. माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कविता सँग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ती नै ल्याएको बताए ।
कवि भुवनहरि सिग्देलले जगदीश्वरका हरेक कविता राम्रा भएको बताए । उनको हुलाक सेवाको जागिर देखि पश्मिनाको तानबुनासम्मको सिग्देलले चर्चा गरे ।
कवि जगदीश्वर पोखरलले कार्यक्रममा बोल्दै डेढ दशकभन्दा लामो अथक प्रयास पछि यी फरक १५ वटा काव्यकृति तयार भएको बताए । यी कृतिका कविताहरु १९३ प्रकारका छन्दमा सृजना गरिएको पनि उनले जानकारी गराए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १६, बिहीबार १८:४५बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १६, बिहीबार १७:५२ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ को नयाँ गीत रेकर्ड
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:३०प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:१८बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित