विवाहको खर्च रकम कटाएर गाउँमै निःशुल्क स्वास्थ्य शिविर

गुल्मी- हाम्रो समाजमा विवाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विवाहको खर्च रकम कटाएर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ निवासी संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च रकम कटाएर गाउँमै बिशेषज्ञ डक्टरसहित एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको हो । गाउँमै निःशुल्क स्वास्थ्य शिबिर उपचार गर्न पाउदा स्थानीय खुसी थिए ।
बिहेको भोजमा हुने फजुल खर्च बचाएर समाजमा यस्ता खालका कामले अरुलाई पनि पाठ सिकाउने स्थानीय समाजसेवी शेरजंग बस्नेतले बताउनुभयो । विवाहमा हुने फजुल खर्च बचाएर मानव सेवा निम्ति ठूलो काम गरेको उहाँले बताउनुभयो ।
गाउँमा पछिल्ला पिंढीका युवाहरुमा यस्तो नवीन सोचले समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणा अन्यलाई मिल्ने बस्नेतको भनाइ छ । सुगर, प्रेसर, थाइराइड, दम, ग्याष्ट्रिक लगायतका समस्यामा रहेकी पम्फी बिश्वकर्माले गाउँमा राखिएको स्वास्थ्य शिबिरले ठूलो लाभ मिलेको बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउसँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो ।
बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बिशिर आयामेजना गरेका सञ्चारकर्मी मोहन बस्नेतले बताउनुभयो । गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भड्किलो नबनाइ मानविय सेवा गरौं भन्ने उद्देश्य राखेका बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त







