कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक

काठमाडौँ। टेलिभिजन तथा चलचित्र निर्देशक रमेश कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा श्रेया दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ ।
सुनिल पाण्डेको लेखन रहेको चलचित्रमा जेएन घिमिरे, शुभम आचार्य, विष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे, स्मारिका खनाल, श्याम केसी, सिर्जना गजमेरको समेत अभिनय छ । लक्ष्मी भण्डारी निर्माता र प्रतीक कोइराला कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर हुमागाईँको छायाङ्कन, श्याम केसीको व्यवस्थापन, रानु निरौलाको प्रोडक्सन डिजाइन र तुलसीप्रसाद लम्सालको सह–निर्देशन छ ।
चलचित्रको सम्पादन सुवास देवकोटाले गरेका छन् । निर्देशक कोइरालाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलमा चलचित्रलाई प्रतिस्पर्धीका रूपमा देखाइने बताए । ‘शिक्षा मन्त्रालयको समन्वयमा विभिन्न स्कुल तथा कलेजहरूले विद्यार्थी सचेतनाको पनि देखाउने तयारी गरिरहेका छन्’, उनले भने ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार ०७:५९मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
समाचार२०८२ चैत्र ११, बुधबार २१:३६पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश








