काठमाडौं। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि यसको चर्चा झनै चुलिएको छ । नेपालमा यो चलचित्रको तिब्र पर्खाइ भईरहेको बेला अब ११ फागुनबाट यसलाई देशव्यापी रिलिज गर्न लागिएको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।
यो चलचित्रको रिलिजबारे निर्देशक चाम्सले भने,‘चलचित्र गोर्खा वारियरलाई नेपालमा हामीले फागुन ११ बाट रिलिज गर्दैछौं भने भारत र दक्षिण कोरियाको रिलिजका लागि यो फिल्मको बिक्री भईसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले ‘गोर्खा वारियर’ लाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ ।’
नेपाली, हिन्दी, अँग्रेजी गरी तीन भाषामा निर्माण भएको यो चलचित्रलाई अब कोरियन भाषामा पनि रिलिज गरिने भएको छ । कोरिया रिलिजको लागि कोरियन भाषामा डबिङको कार्य पनि धमाधम भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित यो चलचित्रले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई ‘गोर्खा वारियर’ ले पर्दामार्फत विश्वका दर्शकमाझ पुर्याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।
यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गरेका हुन् । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, आरुस जंग सारु,सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । ‘गोर्खा वारियर’मा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न