‘छ माया छपक्कै २’ को शीर्षक गीत सार्वजनिक » Celebrity Nepal

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।
सेलिब्रेटी नेपाल। यो वर्षको दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको प्रचारलाई थप गति दिने अपेक्षासहित सार्वजनिक गरिएको गीतले अहिले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ।
दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको ‘छ माया छपक्कै २’ को गीतले चलचित्रप्रतिको दर्शकको चासोलाई थप बढाउने संकेत गरेको छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको यो फिल्मको सार्वजनिक गरिएको ‘छ माया छपक्कै बोलको शीर्ष गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको सामूहिक गायन रहेको छ ।
गीतमा शब्द तथा सङ्गीत पनि अभि सुनारकै रहेको छ । एरेन्ज विशाल निरौलाले गरेका छन् ।
यो फिल्ममा दीपकराज गिरीले केन्द्रीय भूमिका निर्वाह गरेका छन् । उनका साथमा केकी अधिकारी, दीपाश्री निरौला, सनिशा भट्टराई, कर्म शाक्य, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, शारदा गिरी, मेक्सम गौडेल, विष्णु सापकोटा, रबिन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । कलाकार सल्लाहकार दीपाश्री निरौला हुन् भने निर्माता रोहित अधिकारी हुन् । फिल्मका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन् ।
फिल्ममा सुशान प्रजापति, आलोक शुक्ला र विशाल प्रजापतिको छायाङ्कन, बिपिन मल्लको सम्पादन, किरण थापाको नृत्य तथा सुजिल कर्माचार्यको पार्श्व सङ्गीत रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार २१:३६लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार २१:३०विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सूचना-प्रविधि२०८३ आश्विन २७, मंगलवार २१:१९सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
समाचार२०८३ आश्विन २७, मंगलवार २०:४२एक वर्ष पुगेपछि सरुवा गर्न मिल्ने, मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकता









