सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानि वढेको बताएका हुन्।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापि रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको बताए।

उनीहरुले आफ्ना अभिव्यक्ति गर्दा अर्काको मानमर्दन हुन्छ भन्ने विषयमा ख्याल नगरिएको पक्षलाई सुधार गर्न आवश्यक रहेको बताए नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सबैको चासोको विषय भएको बताए। उनले भने, “सरकारी निकाय र महासङ्घ मिलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्छ।”

महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली र नेपाल बार एसोसियसन चितवनका अध्यक्ष फुलमायाँ रानाभाटले संविधान प्रद्धत्त अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिनु नहुने बताउनुभयो । थारु पत्रकार सङ्घका केन्दीय अध्यक्ष सन्तकुमार चौधरीले भने कुनै राजनीतिक नेताका विषयमा जायज टिप्पणी गर्दासमेत आफूहरु विरुद्ध खनिने गरेको धारणा व्यक्त गरे।

पत्रकार प्रतिमा सिलवाल र सरिता पौडेलले कतिपय गोपनीयता र संवेदनशील विषयलाई ख्याल नै नगरी सामाजिक सञ्जालमा जे पनि लेख्ने र वोल्ने गरेको पाइएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताइन्।

राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको बारेमा अध्ययन गर्न विषय विज्ञका रुपमा नियुक्त प्रा.डा. घमराज लुइँटेलले अभिव्यक्ति स्वतन्त्रताबारे उठेको प्रश्नबारे देशव्यापी रुपमा अध्ययन गर्न लागिएको बताए।

त्यस अवसरमा बहिरा सङ्घ चितवनकी सदस्य दीपा अधिकारी र मानवअधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछानेले अभिव्यक्ति स्वतन्त्रतालाई सहीरुपमा प्रयोग र अभ्यास गर्न आवश्यक रहेको बताए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   10   =