अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

धादिङ,७ असोज
अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनका लागि अधिवक्ता विश्वराज अधिकारीलाई निर्वाचन प्रमुख आयुक्तमा नियुक्त गरिएको छ। आगामी असोज ३१ गते धादिङबेँसीमा हुने समाजको चौथो महाधिवेशनलाई व्यवस्थित तथा निष्पक्ष रूपमा सम्पन्न गर्न अधिकारीलाई निर्वाचन प्रमुख आयुक्तमा नियुक्त गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।
धादिङ जिल्लाबाट विभिन्न देशमा पुगेका धादिङेलीलाई एकताबद्ध गर्दै जिल्लामा सामाजिक तथा मानवीय सेवाका कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज स्थापना गरिएको हो। समाजले स्थापना भएदेखि नै जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। हालसम्म विश्वका २० वटा देशमा रहेका धादिङेली समाजसँग जोडिएको समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो। असोज ३१ गते धादिङबेँसीमा आयोजना हुने चौथो महाधिवेशनको तयारी तीव्र पारिएको समाजले जनाएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै समाजको आगामी कार्यदिशा तय गरिने जनाइएको छ।
धादिङ जिल्लाबाट विभिन्न मुलुकमा पुगेका नेपालीलाई संगठित गर्दै जिल्लाको सामाजिक तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज स्थापना भएको हो। स्थापना भएदेखि समाजले धादिङमा विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार २१:३६लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार २१:३०विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सूचना-प्रविधि२०८३ आश्विन २७, मंगलवार २१:१९सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
समाचार२०८३ आश्विन २७, मंगलवार २०:४२एक वर्ष पुगेपछि सरुवा गर्न मिल्ने, मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकता









