ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिनुभयो ।
सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ” अधिकारीले बताउनुभयाे ।
प्रहरी उपरीक्षक अधिकारीले काठमाडौँको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको बताउनुभयो ।
अहिलेसम्मको अनुसन्धानमा रु १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको उहाँले बताउनुभयो । यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ ।
कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक÷त्रैमासिक÷वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम सङ्कलन गरेका थिए ।
समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त







