राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनायो छुट्टै समिति

काठमाडौँ – सत्ता गठबन्धले गठबन्धनको तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा उठेका उम्मेदवारहरु लाई विजयी बनाउनका लागि आवश्यक समन्वय गर्न चार सदस्यीय समन्वय समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनका प्रचार प्रसार लगायतका कामको लागि समन्वय समिति गठन गरेको हो ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहनु भएको छ ।
समितिलाई गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउँन प्रचार प्रसार सामग्री निर्माणदेखि मतदाता भेटघाट र उम्मेदवारहरु सँग समन्वय गर्ने सम्मका कार्यको जिम्मेवारी दिइएको समिति सदस्य एवम जसपा नेता मनिस सुमनले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १९ पदमा सत्ता गठबन्धनमा रहेका मुख्य चारदलहरु बीच सिट भागबण्डा भइ सोही अनुसार उम्मेदवारी परेको छ।
जसमा नेपाली कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६, जना, एकीकृत समाजबादीबाट २ जना र जसपाबाट १ जना गठबन्धनका साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा








