Breaking News

‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडौँ– विवादित पृष्ठभूमि रहेका ‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ पर्नु भएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता नवराज अधिकारीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

”उहाँलाई काठमाडौँ बाटै आज नियन्त्रणमा लिइएको छ । यस विषयमा ब्युरोले भोलि विस्तृत विवरण सार्वजनिक गर्ने छ। आश्रममा बस्ने महिलामाथि यौन दुर्व्यववहार गरेको र व्यक्ति बेपत्ता पारेका लगायत थुप्रै आरोपहरू बम्जनमाथि छन्”  प्रवक्ता अधिकारीले भन्नुभयो । 

 

About असल खबर

Check Also

भोलि मङ्गलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाख । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *