एनटिभी प्रेस युनियन शाखाले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा

एनटिभी प्रेस युनियन शाखाले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा

काठमाडौँ- नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाले जाजरकोटका भूकम्प पीडितहरुका लागि न्यानो कपडा र अन्य सहयता सामाग्रीहरु उपलब्ध गराएको छ ।

नेपाल टेलिभिजनका सञ्चारकर्मी र सहयोगी संघसंस्था एवं व्यक्तिगत रुपमा संकलन गरिएका करिब ५ सय थान न्यायो कपडालगायतका सामानहरु आज जाजरकोटका विभिन्न प्रभावित विद्यालय तथा गाउँहरुमा वितरण गरिएको हो ।

एनटिभी प्रेस युनियन शाखाले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा

यी राहत सामाग्री जाजरकोटस्थित विभिन्न विद्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आज हस्तान्तरण गरिएको हो ।

नेपाल प्रेस युनियन जाजारकोट शाखा र नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले राहतसामाग्रीहरु जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेपछि समितिले नै विभिन्न प्रभावित क्षेत्रमा ती सामानहरु वितरण गरेको हो । न्यानो कपडा लगायतका सामानहरु जाजरकोटको कुशे गाउँपालिकाका ४ वटा विद्यालय, भेरी नगरपालिकाको २ वटा विद्यालय र शिवालय गाउँपालिकाको २ वटा विद्यालयमा वितरण गरिएको छ ।

यसअघि, राहतसामाग्री बुझ्नुहुँदै निमित्त सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले न्यानो कपडाले प्रभावित सुत्केरी र बालबालिकालाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई राहत सामाग्री हस्तान्तरण गर्दै पत्रकार महासंघका बालकुमार शर्मा र प्रेस युनियनका राजेन्द्र कार्की ।

चिसोमा न्यानो कपडा पाएपछि स्थानीय खुशी भएका छन ।

भूकम्प प्रभावित क्षेत्रमा चिसोका कारण सुत्केरी महिला तथा वालवालिका र वृद्बृद्दाहरु प्रभावित भएको र केहीको मृत्युसमेत भएको समाचार आएसँगै नेपाल टेलिभिजन नेपाल प्रेस युनियन शाखाले राहत सामाग्रीस्वरुप न्यानो कपडा संकलनको अभियान शुरु गरेको थियो ।

संस्थानभित्रका संचारकर्मी तथा विभिन्न सहयोगी संघ संस्थाबाट यी कपडा र केही थान चार्ज गर्न मिल्ने वत्तीहरु संकलन गरिएका हुन ।

यी राहत सामाग्रीहरु नेपाल टेलिभिजनका संचारकर्मी तथा युवा सारथी क्लब तारकेश्वर काठमाडौँ, रोटरी क्लव गोंगबू काठमाडौँ र हरियाली समाज काठमाडौँको सहयोगमा संकलन गरिएका हुन ।

सामान ढुवानीका लागि समाजसेवी शान्ता ढकालले सहयोगस्वरुप २५००० रुपैँया र बाँकी रकम नेपाल टेलिभिजन नेपाल प्रेस युनियन शाखाले वेहोरेको थियो ।

भूकम्प पीडितलाई अलिकति भएपनि सामाजिक दायित्व र मानवीय भावनाले केही सहयोग गरेको नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाकी अध्यक्ष ममता कोइरालाको भनाइ छ ।

यसअघि नेपाल टेलिभिजनका सबै कर्मचारीहरुले आफ्नो तलबबाट कटाएर करिब ६ लाख ५० हजार रुपैँया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा जम्मा गरिसकेका छन।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =  

Protected by Spam Master