बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा मृत्यु भएका आठ जनाको सनाखत

दाङ- पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब बिष्ट, काठमाडौ चन्द्रगिरी १५ का ताराकान्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयो ।
यस्तै जुम्ला श्रीढुस्का-९ निवासी मनुबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुम गोतामकोट-९ का दिपक कामी भारत बिहारका योगेन्द्र राम र भारत उत्तर प्रदेशका अतिकुल्ला खैरेको सनाखत भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
मृतकमध्ये अब चार जनाको सनाखत हुन बाँकी छ । गएराति दाङ राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।
बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
समाचार२०८२ आश्विन २, बिहीबार १७:५८‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको छ: अर्थमन्त्री खनाल