गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान

काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ ।
‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा मनोनयनमा परेको चलचित्र गोर्खा वारियर आगामी ११ फागुनबाट रिलिज हुँदैछ । हालै बेलायतमा ऐतिहासिक रुपमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियर गरेपछि चलचित्र ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय रुपमै चर्चा कमाएको छ ।
यस अघि लेस्टर स्क्वायर लन्डनको आइम्याक्स हलमा प्रिमियर सहभागी चलचित्रकर्मी तथा पत्रकारको टिमले चाम्सलाई नेपाली सहित अन्तराष्ट्रिय बजारमा ‘गोर्खा वारियर’ सफलताको सफलताको लागि शुभकामना दिंदै बधाई स्वरुप सम्मान गरिएको हो ।
चाम्सलाइ निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान,संचारकर्मी तथा गीतकार नरेश भट्टराई,चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राइ, ओएस आर डिजिटलका ओम प्रकाश अग्रवाल, अंकिता गोयल, राकेश थापा, निर्माता प्रेम कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सोही संघका उपाध्यक्ष सुरक्षा भट्टराई, संघका केन्द्रिय सदस्य अनुप भट्टराई, चलचित्र पत्रकार सृस्टी पोखरेल, व्यवसायी राज कुमार श्रेष्ठलगायतले संयुक्त हस्ताक्षर सहितको सम्मानपत्रबाट निर्देशक चाम्सलाई सम्मानित गरिएको हो ।

११ फागुनबाट रिलिज हुने यो चलचित्र नेपाली, हिन्दी, अँग्रेजी र कोरियन भाषामा निर्माण भएको छ । भारत र दक्षिण कोरियाको रिलिजका लागि यो फिल्मको बिक्री भईसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले ‘गोर्खा वारियर’ लाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ ।’
यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गरेका हुन् । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, आरुस जंग सारु,सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित यो चलचित्रले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पुर्याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









