ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित महिलाको कथालाई प्रस्तुत गरिएको छ।
गायक ओम सुनारकै कन्सेप्टमा निर्माण गरिएको भिडियोमा देवेन्द्र कुँवरको निर्देशन,बिमल ढकालको छायांकन र बिनोद बमको सम्पादन रहेको छ। भिडियोमा ओम र आलिसा बास्तोला फिचर्ड छन्। भिडियो गायकको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








