योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
७७ वर्षीय गायक तथा संगीतकार वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन हो । उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् । वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३, मंगलवार १७:२०मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३, मंगलवार १७:११‘कार्की साइँला’ २१ दिनमै प्याकअप
समाचार२०८२ चैत्र ३, मंगलवार १४:२२राष्ट्रपतिद्वारा शोक व्यक्त
समाचार२०८२ चैत्र ३, मंगलवार १०:५०दामन पाख्रीन मार्ग अन्तरगत पुछार बजारमा पक्की पुल निर्माण प्रक्रिया सुरु








