संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग

संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग

घटनामा संलग्न रहेको आरोप लागेका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह


काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णलाई चलचित्रबाट हटाइएको भनिएको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कर्णले अभिनेत्रीमाथि भएको भनिएको व्यवहारलाई गम्भीर विषयका रूपमा उठाउँदै यसले मधेशी तथा पछाडि पारिएका समुदायप्रति हुने विभेदको प्रश्नसमेत उठाएको बताइन्। उनले घटनामा संलग्न रहेको आरोप लागेका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्।

‘मधेशी लगायत पछाडि पारिएका समुदायले कहिलेसम्म विभेद सहिरहनुपर्ने हो?’ भन्दै उनले यस्तो अपमानजनक व्यवहारले कसैलाई निराशाको चरम अवस्थासम्म नपुर्‍याओस् भन्नेमा राज्य संवेदनशील हुनुपर्ने धारणा राखिन्।

केही दिनअघि अभिनेत्री काजल कर्णले सामाजिक सञ्जालमार्फत आफू छायांकनरत चलचित्र ‘चिरञ्जीवि भवः’ बाट अपमानजनक ढंगले हटाइएको, मधेशी भएकै कारण विभेद गरिएको तथा पारिश्रमिकसमेत नदिइएको आरोप लगाएकी थिइन्।

सांसद कर्णले प्रतिनिधिसभामा बोल्ने क्रममा आफूले अभिनेत्रीसँग टेलिफोनमा कुराकानी गरेको उल्लेख गर्दै चलचित्रको छायांकन सेटमा भएको भनिएको दुर्व्यवहारको निष्पक्ष छानबिन आवश्यक रहेको बताइन्।

यता, चलचित्रका निर्देशक दीपक आचार्यले भने अभिनेत्री कर्णले लगाएका आरोप निराधार रहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  निर्माता तथा गीतकार राकेश शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   6   =