रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो ।
प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताउनुभयो । पालिकाका नागरिकलाई आवश्यक सेवासुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उहाँले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताउनुभयो । विद्य्त् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उहाँको भनाइ थियो । “आज हामी धेरै खुसी छौँ । अब वडाबाट नागरिकको काम सहजरुपमा गर्नसक्ने भएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि आकाशमा बादल छायो कि सोलार चार्ज सकेर सेवा प्रवाह रोकिन्छ कि भन्ने डर हुन्थ्यो ।”
यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका एक सय ३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो । करिब एक हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका छ सय १२ घरधुरीका नागरिकले सुविधा पाएका छन् ।
वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्करुपमा विद्युत् मिटर बक्स वितरण गरेको छ । त्यसका लागि गाउँपालिकाले रू छ लाख खर्च गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि रू तीन करोडमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत् उपभोग गर्न पाएका हुन् । ३० किलोमिटर एबिसी केबुल, सात सय ४० वटा आठ मिटरको स्टिल खम्बा, चार वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २२, मंगलवार ११:३३पर्दाको कथा, राजनीतिमा वास्तविकता | Celebrity Nepal
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
खेलकुद२०८३ बैशाख २२, मंगलवार १०:०८स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ
समाचार२०८३ बैशाख २१, सोमबार २०:५९धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल







