नामको आवश्यकता अहिले झन बढेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वमा गम्भीर समस्या देखिएको समयमा भएको असंलग्न राष्ट्रहरु (नाम) को शिखर सम्मेलन आफैमा महत्त्वपूर्ण रहेको भन्दै यसको आवश्यक्ता पहिले भन्दा अघिले अझ बढेको बताउनु भयो ।
असंलग्न राष्ट्रहरुको १९ औ शिखर सम्मेलनको क्रममा युगाण्डाको राजधानी कम्पालामा रहनु भएका प्रधानमन्त्री प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै नामको आवश्यता अझ बढेको बताउनु भएको हो ।
“यो सम्मेलन त्यतिबेला भयो, जतिबेला विश्वमा गम्भीर समस्या देखिएका छन् । युक्रेन युद्ध होस् या हमास-इजरायल युद्ध होस् । कोभिडबाट भर्खर मुक्त पाइएको छ । कम विकसित देशहरू समस्यासँग जुधिरहेका छन् । मैले नेपालको तर्फबाट यी सबै समस्याको समाधानको निम्ती नामले जोड दिनुपर्छ भन्ने आवाज उठाएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विकसित देशहरूले विगतमा धेरै प्रतिबद्धता गरेका तर पालना नगरेको बताउनु भयो । उनिहरुका कामबाट थप समस्या सिर्जित भएकाले नामले पहलकदमी बढाउनुपर्ने र अलि शक्तिशाली आवाज घन्काउनु बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले नामको आवश्यकता पहिला भन्दा अहिले अझ बढेको उल्लेख गर्नुहुँदै नेपालको भूमिका थप बलियो भएको बताउनु भयो ।
‘नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक सदस्य पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थापनाकाल देखि नै नेपालले असंलग्न आन्दोलनमा भूमिका खेल्दै आएको छ” प्रधानमन्त्रीले भन्नु भयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने