५ अंगलाई मुटु भन्दा पहिले थाहा हुन्छ प्रेम

५ अंगलाई मुटु भन्दा पहिले थाहा हुन्छ प्रेम

लामो र गहिरो अनुसन्धान पश्चात मनोवैज्ञानिकहरुले प्रेमको साइकोलोजी बुझ्ने कोशिस गरेका छन्। एक अनुसन्धानका अनुसार प्रेम मुटु भन्दा पहिले ज्ञानेन्द्रीयलाई महशुस हुन्छ । ज्ञानेन्द्रीय पछि मात्रै मुटुलाई जानकारी हुन्छ । सवैभन्दा पहिले ५ ज्ञानेन्द्रीय अर्थात् आँखा, नाक, कान, जिब्रो र छालालाई प्रेम महशुस हुन्छ।

प्रेमको यो मनोविज्ञानबाट सम्बन्धको गहिराइ बुझ्ने सहज हुने अनुनसन्धानकर्ताको दाबी छ।

दिमागको १२ ठाउँमा हिट गर्छ प्रेम

पीएसवाई ब्लगको एक रिपोर्ट अनुसार कसैलाई देख्नेबितिक ५ वटै ज्ञानेन्द्रीयमा प्रेम हर्मोन सक्रिय भएर मानवलाई प्रेमकव संसारमा लैजान सक्छ । मानव बाहिरी दुनियाँलाई ५ सेन्सेजबाट महशुस गर्छ। ती सेन्सेज हुन्- आँखा, नाक, कान, जिब्रो र छाला।

जब यी ५ सेन्सेजले दिमागलाई न्युरो ट्रान्समिटर्सबाट म्यासेज पठाउँछन् , ‘फलानो चिज राम्रो र प्रेम गर्न लायक छ।’ त्यसको ०.२ सेकेन्डमा ब्रेनबाट ४ लभ हर्मोन (अक्सिटोसिन, डोपामाइन, वेसोप्रेसिन र ड्रिनेलिन) रिलिज हुन थाल्छन् । दिमाथमा १२ तरिकाले त्यस चिजको चित्र बन्ने र बिग्रिने गर्छ। त्यसपछि मान्छे प्रेमतिर धकेलिन्छ।

दिमागमा नाचिरहेका तारा !

‘न्युयोर्क विल करनेल मेडिकल सेन्टर’ का चीफ न्युरोसर्जन डा फिलिप स्टिगका अनुसार जब मान्छेहरु प्रेममा पर्छन्, उनीहरुको शरीरमा फिजियोलोजिकल स्तरमा धेरै परिवर्तन भइरहेका हुन्। प्रेमको उत्तेजनामा दिमागमा एकसाथ एक लाख भन्दा ज्यादा न्युरोट्रान्समिटर्स सक्रिय हुन्छन्। एक सेकेन्डमा १० हजार भन्दा बढी न्युरोकनेक्सन बनिरहेका हुन्।

यदि तपाईं कुनै मेसिनमा त्यो समय आफ्नो दिमागमा सक्रिय न्युरोट्रान्समिटर्स देख्न पाउनुहुन्थ्यो भने लाग्थ्यो- सारा चम्किला तारा एकसाथ डान्स गरिरहेका छन्।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  मनसुनसँगै डेङ्गीको त्रासः सतर्क रहन महाशाखाको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =