दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

काठमाडौँ, ११ माघ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।
“बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ”, प्रमुख डा गौतमले भने । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए ।
परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ । “दादुरा–रुवेला बढी सङ्क्रामक हुन्छ”, खोप शाखा प्रमुख डा गौतमले भने, “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ ।” रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार २२:२३ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १९:०८काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
खेलकुद२०८२ असार २३, सोमबार १९:००एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १८:०२विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा