Home राजनीति राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमती प्रदेशमा ३ सय ४२ मत खस्यो

राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमती प्रदेशमा ३ सय ४२ मत खस्यो

12
0

हेटौँडा- बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा ३ सय ४२ मत खसेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले बताउनु भयो ।

प्रदेश सभाका १ सय ८ सदस्य र स्थानीय तहका २ सय ३४ प्रमुख र उप प्रमुखहरू जनाले मतदान गरेका छन् ।

बागमतीमा कुल ३ सय ४७ मतदाता रहेकोमा ५ जना अनुस्पथित रहेको निर्वाचन अधिकृत सन्जेलले बताउनु भयो ।

केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने सुरु गरिने उहाले बताउनुभयो ।

बागमती प्रदेशबाट ६ राजनीतिक दलका १५ जना उम्मेदवार रहेका छन् ।

सबैभन्दा बढी मतभार ल्याउने ४ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचत हुने व्यवस्था छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमहानगरका ‘बर्थिङ सेन्टर’बाट एक सय २६ जनाले लिए सेवा
Next articleदादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here