Home कला, विचार/मनोरञ्जन ऋषिराज आचार्यले ५ वर्षपछि फिल्म ‘द्रोपदी’ बनाउँदै

ऋषिराज आचार्यले ५ वर्षपछि फिल्म ‘द्रोपदी’ बनाउँदै

8
Google search engine

नेपाली फिल्म निर्मातालाई सबैभन्दा हतार भनेको फिल्मको घोषणा गर्न हुन्छ । किन कि एउटा फिल्म प्रदर्शन नहुँदै त्यसको सिक्वेल मेकिङ्ग गर्ने घोषणादेखि २/४ वटा फिल्म एकैसाथ घोषणा गर्न समेत निर्माताहरु पछाडि पर्दैनन् । तर, निर्देशक ऋषिराज आचार्यले भने ५ वर्षअघि फिल्म ‘द्रोपदी’ घोषणा गरेका थिए । अहिले बल्ल उनी यो फिल्म बनाउने तयारीमा लागेका छन् ।
२०७५ सालमा फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज कार्यक्रममा ‘द्रोपदी’सहित ‘चुरीफुरी’को निर्माण घोषणा गरिएको थियो । निर्देशक आचार्यले २०७८ सालमा ‘चुरीफुरी’ रिलिज गरे । अब अर्को वर्ष प्रदर्शनको योजनासहित उनले ‘द्रोपदी’ निर्माणको काम अगाडि बढाएका छन् । त्यसका लागि उनले कलाकार छनोट गर्न अडिसन आह्वान गरेका छन् । यही माघ २० गते अडिसन राखिएको छ ।

मुख्य अभिनेता/अभिनेत्रीसहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । फिल्मको कथा र चरित्रअनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको निर्देशक आचार्यले बताएका छन् । शीर्षकले ‘महाभारत’को द्रौपदी पात्रसँग फिल्म आधारित हुने संकेत गर्छ । तर, फिल्म त्यसमा आधारित नरहेको आचार्यको भनाइ छ । देशको यथार्थपरक कथा फिल्मले भन्ने उनको बुझाई रहेको उनि बताउँछन् ।

कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायांकन गर्न लागिएको फिल्म महिलाप्रधान हुने जनाइएको छ । आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । अहिले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्य रहेका आचार्यले ‘मिस्टेक’, ‘सुन्तलालाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’सहित ५ वटा फिल्मको निर्देशन गरिसकेका छन् ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here