यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । तर खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ ।
सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । अब बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।
तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट बाहिरिएका छन् ।
सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।
नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए ।
अब बंगलादेश, भारत र पाकिस्तानमध्ये दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल खेल्न बंगलादेश नेपाल र पाकिस्तान दुवैलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेटमा भर पर्नुपर्छ । सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २१४ रनले हरायो । अर्को खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









