१९ वर्षमुनिको विश्वकप : बंगलादेशसँग पराजित, भोली भारतको सामना गर्दै नेपाल

काठमाण्डौं, माघ १८ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ र जिशान आलमले ५५ रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो ।
नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे । अरु ७ खेलाडीले दोहोरो अङ्क लिन सकेनन् ।
बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए । बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास