प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुन्छः शशाङ्क कोइराला

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुने बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरिएको तिलकप्रसाद सापकोटा स्मृति अन्तरमावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता कोइरालाले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगितालाई खेलकुद क्षेत्रको विकासको जिम्मेवारी पाएका निकायले गम्भीररूपमा लिनुपर्ने बताए । प्रतिभाशाली खेलाडी चयनमा यस्ता प्रतियोगिता उपयोगिता उपयोगी हुने उनको भनाइ थियो ।
गैँडाकोट–६ मा रहेको कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गैँडाकोटको क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगितामा जिल्लाका १६ वटा विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई ६६ हजार छ सय ६६, द्वितीय हुनेलाई ३३ हजार तीन सय ३३ प्रदान गरिनेछ । File Photo/RN
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश









