भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं,१९ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएको छ ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो । १३।५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए ।
भारतीय टिमको स्कोरबोर्डमा १९ रन थपे । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् । त्यसलत्तगै अर्को बलमा आकाशले भारतका अर्सिन कुलकर्णीलाई विकेटकिपर उत्तम मगरबाट क्याच गराए ।
जारी खेलको १४ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ६२ रन बनाएको छ । त्यसअघि नेपालका लागि एक विकेट गुल्सन झाले लिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश









