राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

बाजुरा, माघ २२ । १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ । यसैगरी बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक प्राप्त गरेर दोस्रो र खप्तड छेडेदहले आठ स्वर्ण, १४ रजत, चार कास्यसहित २६ पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।
यसैगरी बूढीगङ्गा नगरपालिकाले सात स्वर्ण, एक रजत र तीन कास्यसहित ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक, त्रिवेणीले दुई स्वर्ण, आठ रजत र छ कास्यसहित १६ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले जानकारी दिए।
यस्तै प्रतियोगितामा गौमुलले चार स्वर्ण, तीन रजत गरी सात पदक, जगन्नाथले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक र हिमाली गाउँपालिकाले एक कास्य मात्रै हात पारेको छ । सहभागी नौ पालिकामध्ये हिमालीले स्वर्ण र रजत दुवै पदकविहीन बनेको छ । यही माघ १५ देखि उक्त प्रतियोगितामा सुरु भएको थियो । नौ पालिकाका चार विधाका ६५ खेलमा एक हजार २९ जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको शुभारम्भ सांसद बद्रीप्रसाद पाण्डेले गरेका थिए ।
जितको शिल्ड बूढीनन्दा नगरप्रमुख जनककुमार बोहराले ग्रहण गरेका छन । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्तरण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीयसहित अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड बूढीगङ्गा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ । नगर उपप्रमुख माया कुँवरलाई बूढीनन्दा नगरपालिकाले ओलम्पिक हस्तान्तरण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यसअघि खप्तड छेडेदहले पनि बूढीनन्दालाई झण्डा हस्तान्तरण गरेको थियो । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता
समाचार२०८२ असार २३, सोमबार ०७:०६इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:०९के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?