शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित

काठमाडौं, माघ २२ । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराती भएको खेलमा आर्सनलसँग लिभरपुल ३–१ गोल अन्तरले पराजित भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित भएको हो ।
आर्सनलका लागि पहिलो गोल बुकायो साकाले गोल गरे । उनले खेलको १४ औँ मिनेटमै आर्सनललाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे । दोस्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे ।
८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ । लिभरपुलको समान खेलमा ५१ अंक छ । जितसँगै लिग तालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








