शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित

काठमाडौं, माघ २२ । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराती भएको खेलमा आर्सनलसँग लिभरपुल ३–१ गोल अन्तरले पराजित भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित भएको हो ।
आर्सनलका लागि पहिलो गोल बुकायो साकाले गोल गरे । उनले खेलको १४ औँ मिनेटमै आर्सनललाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे । दोस्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे ।
८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ । लिभरपुलको समान खेलमा ५१ अंक छ । जितसँगै लिग तालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









