दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं, माघ २४ । भारत दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत लगातार पाँचौंपटक फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य भारतले ४८।५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सचिन दासले ९५ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक ९६ रन बनाए । यस्तै, कप्तान उदय सहारनले ८१ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र ट्रिस्टन लुसले तीनरतीन विकेट लिए ।
त्यसअघि बेनोनीस्थित विलोमूर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनायो । उसका लागि लुआन–ड्रे प्रिटोरियसले ७६ र रिचर्ड सेलेट्सवेनले ६५ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् ।
भारतका लागि राज लिम्बानीले ९ ओभरमा ६० रन दिएर सर्वाधिक तीन विकेट लिए । भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अस्ट्रेलिया खेल्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १८:०८‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १४, बिहीबार १६:०४सेवा विस्तार गर्दै कोशी अस्पताल « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान









