हाम्रो शरीरलाई कति नुनको आवश्यकता पर्छ ?

हाम्रो खानपानमा नुन सोडियमको सवैभन्दा मुख्य स्रोत हो। सोडियम हाम्रो शरीरका धेरै प्रक्रियाका लागि जरुरी हुन्छ। कोशिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन।
त्यसैले नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो। हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ।
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।
तर एक अनौपचारिक आंकडाकाअ नुसार नेपाल-भारत जस्ता देशमा ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ।
कुनैपनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ। यसका साथै अन्य खतरा पनछन्। मुटुको रोग, ग्यास्ट्रिक, मष्तिस्कघात, क्यान्सर जस्ता समस्या र रक्तसञ्चारमा असर समेत पर्न सक्छ। खानपानमा नुनको मात्रा कम गरेर यसबाट जोगिन सकिन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








