हेटौँडा सिमेन्टले गर्यो आफ्नो पुनः उत्पादन

हेटौँडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । झन्डै चार महिनादेखि बन्द हुदै आएको थियो। हेटौँडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालेको हो ।
उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो । उद्योग सञ्चालनका लागि आवश्यक कोइला खरिद गर्न समस्या भएपछि उत्पादन ठप्प भएको महाप्रवन्धक पाण्डेले बताए । कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न नसकेको उनले बताए ।
केही दिन अघिमात्र हेटौँडा–९ मा रहेको उद्योगले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएको र सो कोइलाको प्रयोग गरी उद्योग सञ्चालन गरिएको महाप्रवन्धक पाण्डेले बताउनु भयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








