धरानमा ‘गोर्खा वारियर’को ऐतिहाँसिक प्रिमियर, मुख्यमन्त्री कार्कीदेखि मेयर सम्पाङको आँखामा आँसु

धरान। लन्डनको ऐतिहाँसिक अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरपछि चलचित्र ‘गोर्खा वारिअर’को शनिबार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको शहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा गोर्खा वारियरको भव्य रेड कार्पेट प्रिमियर गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतमा सम्पन्न सो प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए ।
चलचित्रको प्रिमियर अघि विभिन्न जातजातिहरुले आफ्नो भेषभुषा र पहिरनमा सजिएर गाजाबाजा सहित धरानको छाताचोकबाट सिनेमा हलसम्म गोर्खा वारियरको व्यानर सहित झाँकी निकालेका थिए । सो झाँकीमा यो चलचित्रका कलाकार तथा प्राविधिकहरु समेत सहभागी भएका थिए ।
धरान बिशेष रेडकार्पेट प्रिमियरको लागि फ्रेन्ड्स सिनेमाजलाई सजाएर झकीझकाउ तुल्याईएको थियो । प्रिमियर समारोहमा चलचित्रकर्मी तथा अतिथिहरुका सम्मानमा शसस्त्र प्रहरी बलका व्यान्ड टोलीका कलाकारहरुले सो चलचित्रको गीत सहित राष्ट्रिय भावका गीतको धुन प्रस्तुत गरेका थिए । प्रिमियरमा पहिलो शोमा अतिथि नअटाएर दोश्रो शो पनि गर्नु परेको थियो ।
प्रिमियर शोमा मुख्यमन्त्री कार्की, धरानका मेयर साम्पाङसहित साँसदहरु, विभिन्न राजनीतिक पार्टीका नेताहरु, सामाजिक अभियान्ताहरु, सरकारी निकायका विभिन्न उच्च अहोदाका कर्मचारीहरु, स्थानीय निकायका पदाधिकारीहरु, पेशागत तथा विभिन्न जातजातिसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु, प्रध्यापक, साहित्यकार, कलाकार, पत्रकार, तथा बुद्धिजिवीलगायतका अतिथिले चलचित्र गोर्खा वारियर हेरे ।
यो प्रिमियरमा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सहनिर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागि थिए ।
चलचित्र हेर्ने क्रममा मुख्यमन्त्री कार्कीदेखि धरानका मेयर हर्क सम्पाङसमेतले आँसु थाम्न सकेनन् । अन्य अतिथिहरु पनि चलचित्रको दृष्यमा पटक पटक भावुक भएका थिए । यो चलचित्र हेरेपछि मुख्यमन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन सँघर्षमा उत्कृष्ट चलचित्र बनाएको बताए । यो चलचित्रले विश्वमा बृटिस गोर्खा सैनिकको ‘गोर्खा वारिअर’को रुपमा नयाँ परिचाय थपिएको बताउँदै कार्कीले भने,‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ’ यस्तै धरानका मेयर हर्क साम्पाङले अहिलेसम्म आफुले हेरेको नेपाली चलचित्र मध्य गोर्खा वारियरले सबैभन्दा बढी मन छोएको बताए । फिल्म हेर्दा आफुले पटक पटक आँसु रोक्न नसकेको पनि उनले बताए,‘गोर्खा वारियर निक्कै उत्कृष्ट सिनेमा बनेको रहेछ । बीर गोर्खाली सैनिकको सँघर्षसँगै पीडाको कथामा बनेको यो फिल्म साँच्चै मार्मिक र ससक्त छ ।’ मेयर साम्पाङले भने ।
गोर्खा वारियरका निर्देशक चाम्सले भने, ‘धरानमा आज सम्पन्न ऐतिहाँसिक भव्य रेड कार्पेट प्रिमियरमा सबैले गर्नु भएको प्रसँसाले म उत्साहित छु । चलचित्र भोलीबाटै यहाँको सिनेमा हलमा अग्रिम बुकिङ खुलेको र आजैबाट एक पछि अर्को शोको अग्रमी बुक गर्ने क्रम सुरु भएको खबरले हामी सबै हर्षित छौं ।’ निर्देशक चाम्सले भने ।चलचित्र हेर्ने सबैले उत्कृष्ट प्रतिक्रिया दिएको यो चलचित्रका निर्माता सुमन राईले बताए । दर्शक खुसी र सन्तुष्टी भएको देख्दा आफुलाई पनि त्यत्तिकै खुसी लागेको पनि उनको भनाई छ । निर्माता राईका अनुसार ११ फागुनबाट देशव्यापी रिलिज हुने यो चलचित्रको अब ७ फागुनमा पोखराको मिड टाउन सिनेमा र ९ गते काठमाडौंको बिग मूभिजमा रेड कार्पेट प्रिमियर गरिँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:३१‘कबड्डी ५’ पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह









