सागर र साहबले लिए आक्रामक ब्याटिङ गरिरहेका जोनसन र किर्तोनको विकेट

काठमाडौं, ८ फागुन । नेपालको ए टिसँग प्रतिस्पर्धा गरिरहेको क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमाएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको क्यानडा ११ ले पहिलो विकेटका रुपमा आरोन जोनसोनलाई गुमाएको हो ।
१३।३ अोभरमा उनी सागर ढकालको बलमा आउट भए । उनले ३५ रन जोडेका थिए । त्यस्तै ७ रन जोडेका निकोलस किर्तोन साहब आलमको बलमा आउट भएका छन् । उनी साहब आलमको बलमा ब्याट घुमाएका किर्तोन मिस भएपछि क्लिन बोल्ड भएका हुन्
ताजा अवस्थामा क्यानडा-११ ले १ विकेट गुमाएर ७८ रन जोडेको छ ।
यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने









