‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा दयासँग यति रोमान्टिक बनिन् आँचल

दयाहाङ राई र आँचल शर्मा स्टारर ‘डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’ बोलको गीत सार्वजनिक भएको छ।
पहिलोपटक सिनेमाको पर्दा एकसाथ साझा गरेका उनीहरु सार्वजनिक गीतमा एकदमै प्रेमिल भावमा देखिएका छन्। उनीहरुबीचको सहज केमिस्ट्रीलाई गीतको भिडियोमा महशुस गर्न सकिन्छ।
रामबाबु गुरुङ निर्देशित सिनेमाको यो गीत एस डी योगीले तयार पारेका हुन्।
यस युगल गीतमा विज्ञानी पराजुलीसँग संगीतकार योगीको युगल स्वर सुन्न सकिन्छ।
गीतको शब्द दिल्लु चम्लागाईले लेखेकी हुन्।
रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको यो गीतमा गीतमा युमी बलामीको कोरियोग्राफी छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ।
सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।
सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो ।
सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २३, सोमबार १०:२७चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति








