एलिजाको फेरि पुर्पुरोमा हात, समुन्द्र र निश्चलसँगको सिनेमा हल्ला मात्रै

‘अनुराग’ सिनेमाबाट एलिजा गौतमले नेपाली रजतपटमा डेब्यू गरिन्। उनलाई यो डेब्यूले नेपाली रजतपटमा भाग्य खोल्ने ठूलो आशा थियो।
चर्चित संचारकर्मी ऋषि धमलाकी पत्नी भएकाले उनलाई चर्चा पाउन अन्य डेब्यू कलाकारको जत्ति मेहनत गर्न परेन।
सिनेमा रिलिज भयो तर वक्सअफिसमा दर्शकहरुको एलिजाको सिनेमा कस्तो भयो जान्न इच्छुक भएनन्। अर्थात सिनेमा फ्लप भयो।
सिनेमा फ्लप भएपनि रंग पत्रकारिता हुँदै सिनेमामा निर्देशनमा आएका दीपेन्द्र लामाको निर्देशनमा ‘घुँइचो’ सिनेमा गर्ने पक्का भयो।
एक भव्य कार्यक्रमकाबीच सिनेमाको घोषणा पनि भयो तर सिनेमाले क्यामराको मुख नै देख्न पाएन।
त्यसपछि घरी म्यूजिक भिडियो त घरी राजनीतिमा प्रवेश गरेर रेशम चौधरी रिहा नभए देशभर आगो बाल्ने विवादास्पद अभिव्यक्ति दिएर उनी मिडिया छाइरहिन।
यस्तैमा हिजो शनिबार फेरि एलिजाले सिनेमा गर्ने घोषणा भयो। सिनेमालाई ‘‘गून्यु चोलो’ निर्देशक समुन्द्र भट्टले निर्देशन गर्ने र एलिजाको जोडी नव अभिनेता निश्चल खड्का बन्ने खबरहरु सार्वजनिक भयो।
तर तथ्य बुझ्दै जाँदा खबर साँचो नभएको सार्वजनिक भयो। निर्देशक भट्ट र अभिनेता खड्का दुबैले आफूहरु बिच सिनेमा गर्ने कुनै सम्झौता नभएको प्रतिक्रिया दिएका छन्। उनीहरुले आफूहरूबिच सामान्य कफी भेट भएको र सो तस्विर सोही क्रममा खिचिएको बताए।
निर्देशक भट्टले हाललाई ‘गून्यु चोलो’ बाहेक आफ्नो अन्त ध्यान नभएको बताइन भने अभिनेता निश्चल खड्काले भविष्यको सम्भावना नकार्न नसकिए पनि तत्कालका लागि आफू साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको ‘लन्डन टु पेरिस’को रिलिजमा केन्द्रित हुने बताए।
बुझिएअनुसार कफी भेटपछि फोटो खिचिएको थियो र सो भेटबाट आफूहरु ननिस्किदैं सिनेमा गर्ने खबर सार्वजनिक भएपछि भट्ट र खड्का आश्चर्यमा परेका छन् भने उनीहरुलाई अहिले स्पष्टिकरण दिदैं भ्याइन्भ्याइ छ।
यी सम्पूर्ण घटनाक्रमले एलिजाको ठूलो पर्दामा पुन: देखिने सम्भावनामा तत्कालका लागि तुषारापात भएको छ। आशा गरौं एलिजाले छिट्टै सिनेमा साइन गर्नेछिन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २२, बिहीबार १०:४९आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली
समाचार२०८३ आश्विन २२, बिहीबार ०६:४७बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
समाचार२०८३ आश्विन २१, बुधबार २१:१७धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:२७दयाहाङ राई » Celebrity Nepal









