नुरु शेर्पालाई तीन राष्ट्रका संस्थाहरुद्वारा सम्मान

काठमाडौँ। शेर्पा इभेन्ट अर्गनाइजरका संस्थापक अध्यक्ष नुरु शेर्पालाई शेर्पा संघ मलेसियाले सम्मान गरेको छ। विश्वभरी छरिएर रहेका शेर्पाहरुको एकता, भाषा, धर्म, संस्कृति, कला संरक्षण र सम्बर्द्धन आजको आवश्यकता भन्ने मुल नारा सहित महायानी बौद्ध धर्म लम्बीहरुको नयाँ बर्ष २१५१ औ शिङ फो डुक्लो बृहत ग्याल्पो ल्होसारको अवसरमा शेर्पा संघ मलेशियाले एक विशेष कार्यक्रम आयोजना गरि विश्व कै उचतम उचाईमा शेर्पा नृत्य अर्थात स्याब्रु नृत्य प्रस्तुति निर्माता एवम् संयोजक नुरु शेर्पालाई सम्मान गरेको हो ।
मलेसियाका लागि नेपालको महामहिम राजदुत डिल्ली राज पौडेलद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाल देखि आमन्त्रित अतिथि कलाकार गायिका डोमा योल्मो र डिजे ङावाङ शेर्पा प्रस्तुती रहेको थियो।
नुरु शेर्पालाई विश्वकै उच्चतम उचाईमा शेर्पा स्याब्रु नृत्य प्रस्तुति कै लागी गत बर्षको लोसार कार्यक्रममा शेर्पा किदुग युएईले युएईको वर-दुबई होटेल यक एण्ड यतीमा एक बृहत कार्यक्रम आयोजना गरि दुबईमा शेर्पालाई सम्मान गरिएको थियो। सोलुखुम्बुको मेरा पिकमा सम्पन्न भएको उक्त स्याब्रु नृत्य प्रतियोगिताले विश्व किर्तिमान कायम गरेको थियो।
त्यसैगरी लोपोन्मुख शेर्पाहरुको चाड फाङ्गी पर्वको अवसरमा शेर्पा संघ जापानले एक बृहत संगितिक कार्यक्रम आयोजना गरि जापानमा समेत शेर्पालाई सम्मान गरिएको थियो । शेर्पा हाल च्यारिटि नेपाल फाउन्डेसनका अध्यक्ष हुन।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार २२:१३‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक








